मंसिर ४ मा निर्वाचन पक्कापक्की, : डा. महत

फाइल तस्बिर

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति पक्कापक्की भएको बताएका छन्।

शुक्रबार काठमाडौंको थापागाउँमा आयोजित प्रेस युनियनका निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रमा उनले मंसिर ४ का लागि औपचारिक रूपमा निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको बताएका हुन्।

frontline

‘मंसिर ४ मा त निर्वाचनको मिति पक्कापक्की छ। औपचारिक रूपमा घोषणा नै हुँदै छ,’ उनले भने। 

कार्यक्रममा बोल्दै उनले युनियनको अधिवेशन हुन्न कि भन्ने रहे पनि सफलतापूर्वक सम्पन्न भएको बताए ।

युनियनको निर्वाचित कार्यसमितिलाई पार्टीको विचारलाई जनतामाझ पुर्याउने जिम्मेवारी रहेको उनको भनाइ थियो ।

‘निर्वाचनमा हारजित ठूलो कुरा होइन। निर्वाचनमा कांग्रेसको नीति र विचारलाई संप्रेषण गर्ने जिम्मा यो कार्यसमितिलाई छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here