मंसिरमा महाधिवेशन गर्नेगरी तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि थप्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशन २०८२ मंसिर २६-२८ मा अनिवार्य गर्नेगरी केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपमामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्न त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको हो।

frontline

तरुण दलको महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोलाले जानकारी दिइन्। महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको उनले बताइन्।

अनिवार्य महाधिवेशन गर्नेगरी मिति तोकिएपछि तदर्थ समिति भंग गर्नुपर्ने भन्दै अनसनमा बसेका तरूण दलका दुई जना केन्द्रीय सदस्यले अनसनसमेत तोडेका छन्। त्यस्तै बैठकमा विभिन्न एजेण्डामाथि प्रदेश सभापतिहरूले धारणा राखेका छन्। बैठक असार १९ गते पुन बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here