मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट, ४ जनाको मृत्यु
१९ कात्तिक, ललितपुर । शुक्रबार साँझ ७ बजे ललितपुरको मंगलबजारमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।
मंगलबजारस्थित प्रहरी प्रभागका अनुसार ग्याँस सिलिन्डर विस्फोट हुँदा २ जना घाइते भएका छन्।
ग्यास सिलिन्डर विस्फोटमा परी घरधनी ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारसहित ४ जनाको ज्यान गएको बताइएको छ । ग्याँस सिलिन्डर विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार (छाेरी), रत्ना ताम्राकार (बुहारी) र नातिको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका २ जनाकाे नाम खुलिनसकेको बताइएको छ ।
खाना पकाइरहेका बेला सिलिन्डर पड्किएर घटना घटेको बताइएको । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्