भ्रामक समाचारको विश्वास नगर्नुहोस् : वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् । गौतमले आफ्नो चरित्र हत्या गर्ने समूहले केही सञ्चारमाध्यममा केपी ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जाने भन्दै  भ्रामक समाचार लेखेको प्रति आपत्ति जनाउँदै यस्तो अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजन भएपछि गौतम नेकपा एकता अभियानमा छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वमा एउटा र ओली नेतृत्वमा अर्को समूह बनेपछि गौतमले नेकपा एकता अभियान सुरु गरेका हुन् । गौतम ओली सरकारमा गृहमन्त्री बनेर जान लागेको भन्दै आफ्नो विषयमा समाचार सार्वजनिक भएपछि यस्तो अनुरोध गरेका हुन् । ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपी वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ’, गौतमले भने, ‘मेरा सबै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु ।’……………………

https://frontlinecheck.com/public/user/lamkichuha

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here