भोटेकोसीमा उर्लियो बाढी, चितवनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन सुझाव

भोटेकोसी नदीमा बाढीको बहाब उच्च रहेकाले चितवनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना गरेको छ। 

रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न हुन प्रशासनले अनुरोध गरेको हो। 

frontline

धादिङ जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेको छ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आज (बुधबार) बिहान साढे ९ बजेतिर सूचना जारी गरी भनेको छ, जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्नु हुन अनुरोध गरिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here