भेरीका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन समितिको प्रतिवेदन तयार

काठमाडौं । भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणबारे छानविन गर्न गठित समितिले आइतबार आफ्नो प्रतिवेदन पेश गर्ने भएको छ।

बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि आफन्तले त्यहाँ कार्यरत् डाक्टर र नर्सहरूमाथि कुटपिट गरेका थिए।

frontline

घटना छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो।

उक्त समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको थियो। यो अवधिमा आफूहरूले सबै सरोकारवालाहरूसँग छलफल गरिसकेको र प्रतिवेदन तयारी पारिसकेको हुँदा आइतबार नै प्रतिवेदन बुझाउने तयारी रहेको समितिका एक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठले बताए।

‘हामीले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित डाक्टर नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरि सकेका छौं,’ श्रेष्ठले भने, ‘प्रतिवेदन तयार छ, त्यो आजै बुझाउने भन्नु भएको छ।’

शुक्रबार नै छानविन समितिले अस्पतालबाट सिसिटिभी फुटेज निकालेर प्रहरी प्रशासनलाई बुझाइसकेको थियो।

डाक्टर तथा नर्समाथि आक्रमण र अस्पतालमा तोडफोड गरेको अभियोग खेपेका मानबहादुर रावत, लोकराज र भरत रावतलाई प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थियो।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पीडित डाक्टर, नर्स र अस्पताल विकास समितिको जाहेरीका आधारमा उनीहरूकाविरूद्ध शुक्रबार नै ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here