भूमिगत रेलमार्ग निर्माण गर्न चिनको सुझाव

श्रोत : ईन्टरनेट

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रहुँदै बनाइने भूमिगत रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ निर्माण गर्न चिनको सुझाव

काठमाडौं । नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत रेलमार्ग निर्माण गर्न चिन सुझाव दिएको छ ।

नेपाल–चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको हो ।

frontline

हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग बनाउन सुझाएको बारे समाचार लेखेको छ ।

वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ ।

८ अर्ब डलर लागत लाग्ने बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्ने चिनिया पक्षको दावी छ ।

दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् ।

प्रस्तावित रुटमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

सगरमाथा क्षेत्रहुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउनु पर्नेछ ।

प्रस्तावित रेलमार्गले नेपालको राजधानी काठमाडौंबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ ।

विज्ञ प्राविधिकहरुले तयार पारेको उक्त ढाँचा र लागतसहितको प्रतिवेदन चीन र नेपाल सरकारलाई बुझाउने तयारी भैरहेको छ ।

सन् २०१६ मा नेपाल र चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत रेलमार्ग निर्माणमा सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here