भुमिहीनलाई जग्गा प्रदान गर्न लम्कीचुहा र भुमी आयोगबिच सहमती

फ्रन्टलाइन, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका भुमिहीन दलित एवम् सुकुम्बासीहरुको हितका निम्ति निरन्तर सक्रियता देखाउँदै आएको नगरपालिका हो । असाध्यै सकारात्मक भावनाका साथ सबै नागरिकको पक्षमा उभिएको लम्कीचुहा नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासि लाई जग्गा वितरण गर्ने र अव्यवस्थित जग्गा र नागरिकको उचित व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भूमि आयोग संग आइतबार कार्य सहमति पत्रमा हस्ताक्षर गरेको छ । सहमतीपत्रमा भुमी आयोगका अध्यक्ष केशव निरौला र नगरपालिकाको तर्फबाट वडाध्यक्ष पुर्ण बहादुर बिष्टले हस्ताक्षर गर्नुभयो ।

केही दिनमै जग्गा वितरण एवम् अव्यवस्थित नागरिक एवम् जग्गाको उचित व्यवस्थापन शुरु गरिने नगरप्रमुख महादेव बजगाइँले बताउनुभयो । नागरिकका हरेक समस्यालाई बुझेर तिनको समाधानमा अहोरात्र लाग्ने छौँ , हामी जनताको सरकार हौँ सोही अनुसार निर्वाचित भए देखीनै हामी लम्कीचुहाबासीको हितका लागि सक्रिय रहँदै आएका छौँ नगरप्रमुख बजगाईंले भन्नुभयो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here