भीमफेदी हाइस दुर्घटना : मृतक १२ जनाको सामूहिक दाहसंस्कार
मलंगवा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा बिहीबार बिहान भएको ईभी हाइस दुर्घटनामा ज्यान गुमाएकाहरूमध्ये १२ जनाको शुक्रबार अबेर राति सामूहिक रूपमा दाहसंस्कार गरिएको छ ।
शुक्रबार साँझ शव परीक्षण (पोस्टमार्टम) सकिएपछि राति नै शव गाउँ ल्याइएको थियो । सोपश्चात् चक्रघट्टा गाउँपालिका–३ स्थित लखनदेही खोलाको किनारमा शुक्रबार मध्यरातमा एकैसाथ दाहसंस्कार गरिएको हो ।
सामूहिक दाहसंस्कार गरिएकाहरूमा प्रमोद यादवका छोरा गुड्डु यादव, बुहारी गायत्रीदेवी यादव, रामसुनर यादवका छोराहरू विकेश यादव र सुदेश यादव, बुहारी पुनम यादव तथा नातिनीहरू अनु यादव, शिक्षा यादव र दीपिका यादव रहेका छन् । त्यसैगरी निरसु रायका छोरा राकेश राय, नाति रोहन राय, चन्देश्वर रायका छोरा सुबोध राय र निरस रायका छोरा रामदुलार रायको पनि सोही स्थानमा अन्त्येष्टि गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्