भिरबाट लडेर खच्चड गोठालो बेपत्ता

१६ मंसिर, गोरखा । चुमनुव्री गाउँपालिका-४ सिर्दिवासबाट खच्चड लिएर जाने क्रममा भिरबाट लडेर खच्चड गोठालो बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बाग्लुङ जिल्ला घर भइ हाल गोरखा बस्दै आएका ४१ वर्षीय वीरबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।

मंगलवार दिउँसो २६ वटा खच्चड लिएर उनी सिर्दिवासबाट नाम्रुङ गएका थिए । सोही क्रममा लडेर उनी एक सय ५० मिटर तल बुढीगण्डकी नदीमा खसेर बेपत्ता भएको डिएसपी प्रकाश दाहालले बताए ।

frontline

‘घटनाबारे खच्चड धनी दिपेन्द्र गुरुङले खबर गरेसँगै प्रहरी चौकी लार्केको हाम्रो टोली घटनास्थल पुग्यो,’ उनले भने, ‘सो ठाउँमा बेपत्ता व्यक्तिको मोवाइल, पर्स र मतदाता परिचय पत्र फेला पार्‍यौ।’

बुढीगण्डकी नदी किनारमा बेपत्ता व्यक्तिको टोपी र जुत्ता समेत फेला परेको उनले जानकारी दिए । बेपत्ता व्यक्ति हाल सम्म फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here