भियतनामको एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको मृत्यु

२३ भदौ, काठमाडौं । भियतनाममा एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको ज्यान गएको छ। 

दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको र  कैयौं मानिस घाइते भएको अधिकारीहरुले बताएका छन्। 

frontline

त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन्। 

आगलागी हुँदा बारमा ६० जना रहेको बताइएको छ। आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर काठको भित्री भागमा आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here