भारत हिमाचलमा एक सरकारी स्कुलका २३ विद्यार्थीमा कोरोना पुष्टि

८ पुस, विलासपुर ।  भारतको हिमाचल प्रदेशको बिलासपुरस्थित एक सरकारी स्कुलका २३ जना विद्यार्थीमा कोभिड-१९ पुष्टि भएको छ।

सरकारी हाइ स्कुलका २३ जना विद्यार्थीमा कोरोना पुष्टि भएको आजतकमा समाचार छ।

frontline

यति ठूलो संख्यामा कोरोना देखिएपछि स्कुलमा तनाव सृजना भएको छ। सबै २३ जना विद्यार्थीलाई १४ दिनका लागि होम क्वारेन्टाइनमा राखिएको छ।

त्यहाँ कोरोना संक्रमण घट्दै गएपछि स्कुल संचालनमा आएका थिए।अहिले फेरि कोरोनाका कारण विद्यार्थीमा तनाव सृजना भएको छ।

स्वास्थ्य विभागको टोलीले नियमित प्रक्रियाअन्तर्गत विद्यालयमा गएर विद्यार्थी र शिक्षकको र्‍यापिड एन्टिजेन टेस्ट गरेको थियो ।

सोही क्रममा कक्षा ६ देखि १० सम्मका २३ जना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको हो।

यसबारे जानकारी दिँदै बिलासपुरका सीएमओ डा.परवीन कुमारले देलाग हाइस्कुलका २३ विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको बताए ।

यसअघि मुम्बाईमा विद्यालय खोले लगत्तै १६ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here