भारत लैजाँदै गरेको ९ हजार किलो फर्सीको बिउसहित ट्रक नियन्त्रणमा

भैरहवा : नेपालबाट भन्सार छलेर ठूलो परिमाणमा भारत लैजान थालिएको फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ। भारत जान थालेको भारतीय एचआर ३८ एए २८३४ नम्बर प्लेटको ट्रकलाई  बेलहिया सीमानाकामा चेकजाँच गर्दा करिब ९ हजार किलो फर्सीको बीउ बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए ।

‘सीमापारी भारतीय क्षेत्रमा बीउ बरामद घटना हुन थालेपछि नाकामा निगरानी बढाएका थियौं’,प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘जसअनुसार भारतमा जान थालेको ट्रकलाई चेकजाँच गर्दा आवश्यक कागजात नभएको पाइएपछि बीउसहित ट्रक नियन्त्रणमा लिएका हौं ।’ उनका अनुसार,ट्रकलाई रोकेर चेकजाँज गर्दागर्दै चालक ट्रक छाडेर फरार भएका छन् ।

frontline

केही दिनअघि भारतको सीमा सुरक्षा बल (एसएसबी) ले रुपन्देहीको नाकाबाट भारतीय ट्रकमा अवैध रुपमा गएको ६ हजार ४० किलो फर्सीको बीउसहित दुईजनालाई भारतीय सीमावर्ती नौतनवा क्षेत्रबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

२ इभेन्ट्स/फंसन

poster-here