भारत–पाकिस्तानबीच युद्धविरामको निर्णयप्रति संयुक्त राष्ट्रसंघद्धारा खुशी व्यक्त

फ्रन्टलाइन, विश्व | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटर्सले भारत र पाकिस्तानबीच भएको युद्धबिरामको निर्णयप्रति खुशी व्यक्त गरेका छन् ।

भारत र पाकिस्तानबीच काश्मीरस्थित नियन्त्रण रेखामा युद्धविराम गर्ने यसअघि भएका सबै सहमतिहरु कार्यन्वयन गर्ने घोषणा गरेसंगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनीयो गुटर्स उत्साहित भएका हुन्।

frontline

दुई देशबीचको युद्धविरामले सकारात्मक कदम लिने र आपसी संवाद कायम गर्ने गुटर्सले विश्वास व्यक्त गरेका छन् ।

केही समयअघि भारत र पाकिस्तानी सेनाले फेब्रुअरी २५ बाट लागू हुने गरी काश्मीर नियन्त्रण सीमामा युद्धविराम गर्ने संयुक्त घोषणा गरेका थिए। पारस्पारिक चासोको बिषयमा स्वतन्त्र, खुला र सौहार्दपूर्ण तरिकाले छलफल गर्ने विज्ञप्तिमा उल्लेख गरिएको थियो।

अमेरिकाले पनि भारत र पाकिस्तानको पछिल्लो कदमलाई सकरात्मक कदमको रुपमा लिएको र यो कदमले दक्षिण एसियामा स्थायित्व र शान्ति कायम गर्ने आशा व्यक्त गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here