भारतीय टिभी च्यानललाई जग्गा र संचालन गर्न अनुमति दिने नेपालीमाथिकाे गद्दारीकाे भद्दा रूप :नेता अधिकारी

५ मंसिर, काठमाडौं । नेकपा (एमाले)का नेता खगराज अधिकारीले भारतीय टिभी च्यानललाई जग्गा र संचालन गर्न अनुमति दिने काम नेपालीमाथिकाे गद्दारीकाे भद्दा रूप भएकाे टिप्पणी गरेका छन् ।

नेता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्ताे टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री भइसकेका नेताहरू हर्षबढाइँ गर्न पुग्नु पनि लज्जास्पद भएकाे बताएका छन् ।

frontline

उनले फेसबुकमा  लेखेका छन्, ‘भारतीय टिभी च्यानललाई जग्गा र संचालन अनुमति दिने र ३ जना प्रधानमन्त्री भइसकेका महाशयहरू हर्ष बढाइ गर्न पुग्नु नेपाल र नेपालीमाथि गद्दारीको भद्दा रूप नभए के हो त?’ 

गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेव पतञ्जलि योगपीठ नेपालले आयाेजना गरेको पतञ्जलि नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गरेका थिए।

दुबै टिभीले प्रसारणका लागि इजाजत नलिएकाे खुलेकाे छ । साेही क्रममा देउवाले नेपालमा आयुर्वेद उद्याेग खाेल्न जग्गा दिने घाेषणा पनि गरेका थिए । यही विषयलाई लिएर नेता अधिकारीले टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here