भारतीय अतिरिक्त विदेश सचिव काठमाडौँ आउँदै
भारतीय विदेश सचिव विक्रम मिश्रीको बहुप्रतिक्षित नेपाल भ्रमण अझै अनिश्चित बनेको छ। वैशाखको अन्तिम साताका लागि तय गरिएको भ्रमण अन्तिम समयमा स्थगित भएयता नयाँ मिति तय हुन सकेको छैन।
यसैबीच, भारतले विदेश सचिवको सट्टा विदेश मन्त्रालयका अतिरिक्त सचिव (नर्थ डिभिजन प्रमुख) मन्नु महावरलाई काठमाडौँ पठाउने भएको छ। चीन, नेपाल र भुटान डेस्क हेर्ने जिम्मेवारीमा रहेका महावर नेपाल–भारत ऊर्जा तथा जलस्रोतसम्बन्धी संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन काठमाडौँ आउन लागेका हुन्।
भ्रमणका क्रममा अतिरिक्त सचिव महावरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भ्रमणको मुख्य उद्देश्य पर्सि मंगलबार र बुधबार काठमाडौँमा आयोजना हुने ऊर्जा तथा जलस्रोतसम्बन्धी संयुक्त समिति र संयुक्त कार्यदलको बैठकमा सहभागिता जनाउनु रहेको छ।
उच्चस्तरीय भ्रमण स्थगित भइरहेको वर्तमान अवस्थामा हुन लागेको अतिरिक्त सचिव महावरको यो भ्रमणलाई दुई देशबीचको नियमित कार्यगत सहकार्य र ऊर्जा साझेदारीका विषयमा केन्द्रित रहने बताइएको छ।






प्रतिक्रिया दिनुहोस्