भारतलाई १० विकेटले पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा

२४ कार्तिक, एडेलेड । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङप्रेरित इङ्ल्यान्ड सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो।

frontline

इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले ४९ बलमा ९ चौका र तीन छक्कासहित ८० रनको शानदार इनिङ खेले। अर्का ओपनर एलेक्स हेल्सले ४७ बलमा चार चौका र सात छक्कासहित ८६ रनको अविजित इनिङ खेले।

भारतका कुनै पनि बलरले विकेट लिन सकेनन्। यसअघि विराट कोहली र हार्दिक पाण्डेयाले अर्धशतक बनाएका थिए। 

भारतका लागि पाँचौं नम्बर क्रिजमा उत्रिएका हार्दिकले ३३ बलमा चार चौका र पाँच छक्कासहित ३३ रनको शानदार इनिङ खेलेका थिए। त्यसअघि पूर्व कप्तान विराट कोहली ४० बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्केका थिए।

ओपनर केएल राहुल पाँच तथा कप्तान रोहित शर्मा २७ रन बनाएर आउट भएका थिए। त्यस्तै, सूर्य कुमार यादव १४ र विकेटकिपर ब्याटर ऋषभ पन्त ६ रन बनाएर आउट भए।

बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस जोर्डनले एक रन आउटसहित चार विकेट लिए। त्यसबाहेक आदिल राशिद र क्रिस वोक्सले एक-एक विकेट लिए।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दैै पाकिस्तान फाइनलमा पुगिसकेको छ। फाइनलमा पुगेको इङ्ल्यान्डले आइतबार उापधिका लागि पाकिस्तानसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here