भारतमा सङ्क्रमितको सङ्ख्या छ महिना पछिकै सवैभन्दा थोरै

फाईल तस्बिर

नयाँ दिल्ली

६ असोज (रासस÷एएनआई) ः भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या छ महिना पछिकै सवैभन्दा कम भएको छ ।

frontline

सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख एक हजार ९८९ पुगेको छ ।

यो सङ्ख्या १८६ दिनपछिकै सवैभन्दा काम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो समय लगातार घट्दै गएको छ ।

दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी हुदै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ९६४ जना नयाँ सङ्क्रमितहरु थपिएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सोही अवधिमा ३४ हजार १६७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल तीन करोड २७ लाख ८३ हजार ७४१ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म चार लाख ४५ हजार ७६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३८३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here