भारतमा लता मंगेशकरको सम्झनामा दुई दिनसम्म राष्ट्रिय शोक मनाउने

२३ माघ, नयाँ दिल्ली । भारतले दुई दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ। चर्चित भारतीय गायिका लता मंगेशकरको सम्झनामा भारतले आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक मनाउने भएको हो। 

भारत रत्न पुरस्कारबाट सम्मानित बनेकी गायिका मंगेशकरको शोकमा भारतले आफ्नो राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने भएको हिन्दुस्तान टाइम्समा खबर छ। 

frontline

स्वरकी धनी भनेर चिनिने चर्चित भारतीय गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको आइतबार बिहान ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

मंगेशकरलाई कोभिड १९ संक्रमण भएपछि जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनलाई केही हप्तादेखि आइसियुमा राखिएको थियो।

३६ भन्दा बढी भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइसकेकी मंगेशकरले भारतीय फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here