भारतमा प्रतिबन्ध पब्जी गेम अझै लोकप्रिय,अपराधको माध्यम बन्दै

२६ कार्तिक, एजेन्सी । भारतमा प्रतिबन्ध लगाइएको पब्जी गेम अझै पनि त्यहाँका युवाहरुको लागि लोकप्रिय मात्र नभइ अपराधको माध्यम पनि बन्न पुगेको छ ।

भारतमा पब्जी गेमले गर्दा युवाहरु अहिले अपराधको उपल्लो श्रेणीमा पुगेका छन् । पब्जीको आगमनपछि भारतमा युवाहरूको लागि यो गेम पहिलो रोजाइ बन्यो । हाल यो रोजाइले युवाहरुलाई अपराध गर्ने बिन्दुमा पुर्याएको छ ।

frontline

यस विषयमा हालसम्म सयौं मुद्दा दर्ता भएका छन् । लुटपाट, चोरी, हत्या, बलात्कार, साइबर ठगी, आत्महत्या जस्ता धेरै घटना भएका छन् ।

शुक्रबार नै, उज्जैन, मध्य प्रदेशमा, एक युवाले पब्जीको लागि ५ हजार रुपैयाँ पाउन एक नाबालिगको हत्या गरे। जुन २९ मा छत्तीसगढको काङ्केरमा १२ वर्षीय बालकले आमाको खाताबाट २७८ पटक कारोबार गरेर लाखौं रुपैयाँ उडाए ।

छिन्दवाडामा पब्जी गेम खेलिरहेका एक युवाले मिसन पूरा गर्न पानीको सट्टा अकस्मात एसिड पिए। युवक खेल खेल्न निकै व्यस्त थियो । तिर्खा लागेपछि उनले पानी नजिकै राखिएको एसिडको बोतल खोलेर पिए ।

भोपालमा पब्जी गेममा मित्रता गरेपछि आरोपीले १२ वर्षीया बालिकासँग सामूहिक बलात्कारको घटना घटाएका छन् । पब्जी गेम खेल्ने क्रममा ३ जना अभियुक्तले नाबालिगसंग मित्रता गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि उसलाई आफ्नो जालमा फसाउन थाले । त्यसपछि आरोपीले नाबालिगलाई भेट्न बोलाएर सामूहिक बलात्कारको घटना गराए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here