भारतमा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या तीन लाख नाघ्यो

फाईल तस्बिर

७ माघ, भारत । भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या फेरि तीन लाख नाघेको छ । त्यहाँ ८ महिनापछि कोरोना भाइरसबाट संक्रमित हुनेको दैनिक संख्या ३ लाख नाघेको हो ।

पछिल्लो २४ घण्टामा भारतभर ३ लाख १७ हजार ५३२ जना नयाँ कोरोना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

frontline

बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हालसम्म कुल ३ करोड ८२ लाख १८ हजार ७७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ५८ लाख ७ हजार २९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९१ जना संक्रमितको ज्यान गएको छ ।

योसँगै हालसम्म कोभिड संक्रमणबाट ज्यान गुमाउनको संख्या ४ लाख ८७ हजार ६९३ पुगेको छ । पछिल्लो समय भारतमा सक्रिय संक्रमितको संख्या समेत निरन्तर बढिरहेको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १९ लाख २४ हजार ५१ पुगेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर बढेर १६.४१ पुगेको छ भने साप्ताहिक संक्रमण दर १६.०६ रहेको छ ।

यसबाहेक कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या समेत बढ्दै गएको छ ।

बुधबारको तुलनामा बिहीबार ओमिक्रोनका संक्रमित ३.६३ प्रतिशतले बढेका छन् ।

हालसम्म यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार २८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here