भारतमा थपिए २४ घण्टामा ६,९८७ नयाँ सङ्क्रमित

१२ पुस, नयाँदिल्ली । छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९८७ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७६ हजार ७६६ रहेको र यो सङ्ख्या सन् २०२० माघदेखि सबैभन्दा कम हो ।

frontline

मन्त्रालयका अनुसार हालसम्म भारतमा कोरोनाभाइरसको ओमिक्रोन भाइरसका ४२२ वटा घटना पुष्टि भएका छन् । महाराष्ट्रमा १०८, दिल्लीमा ७९ र गुजरात ४३ व्यक्तिमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा छ ।

देशमा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या कूल सङ्क्रमितको एक प्रतिशतभन्दा कम रहेको छ ।

अहिले भारतमा कोभिड सङ्क्रमण दर ०।२२ प्रतिशत रहेको छ जुन गत वर्ष मार्चपछि सबैभन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here