भारतमा तीन माओवादी महिला कार्यकर्ता मारिए

१६ कार्तिक, छत्तिसगढ : भारतको छत्तिसगढमा तीन माओवादी महिला कार्यकर्ता मारिएका छन्। छत्तिसगढस्थित दान्तेवाडामा माओवादीका महिला कार्यकर्ता र भारतीय सुरक्षाकर्मीबीच भएको दोहोरो मुठभेटमा तीन महिला कार्यकर्ता मारिएका हुन्। 

घटना आइतबार साँझ कुन्जेरा र आदवाल गाउँको बीचमा पर्ने जंगलमा भएको बताइएको छ। १५ लाख भारु नगद बोकिरहेका तीन माओवादी महिला र भारतीय सुरक्षाकर्मीबीच दोहोरो भीडन्त भएको प्रहरीले बताएको छ।

frontline

राजे मुचाकी, गिता मार्कम र ज्योती नुप्पोको रुपमा मृतकको पहिचान खुलेको र मृतकहरु कटल्यान क्षेत्रिय समितिका माओवादी कार्यकर्ता रहेको प्रहरीले उल्लेख गरेको छ। घटनापश्चात माओवादी कार्यकर्ताहरुको खोजी कार्य जारी राखिएको हिन्दुस्तान टाइम्समा खबर छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here