भारतमा ‘ओमिक्रोन’ भेटिन थालेपछि गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने बढे

फाइल तस्बिर

२१ मंसिर, कञ्चनपुर । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिन थालेपछि कञ्चनपुरको सीमा–नाका गड्डाचौकी हुदै स्वदेश फर्किनेहरु दिन प्रतिदिन बढिरहरेका छन् ।

विगतमा लकडाउनका कारण त्यहाँ भोग्नु परेको दुःख र पीडाका कारण फेरि पनि लकडाउन हुन्छ कि! भन्ने त्रासका कारण भारतमा रहेकाहरु अहिले धमाधम स्वदेश फर्किन थालेका हुन् ।

frontline

भारतबाट आएका नेपालीलाई नेपाल प्रवेश गराउदा उनीको स्वास्थ्य परीक्षणको लागि सीमानाकामै हेल्थ डेस्कको स्थापना गरिएको छ ।

भारतमा ओमिक्रोन भाइरसका संक्रमित भेटिन थालेपछि र लकडाउन हुने हल्ला सुनेपछि अहिले नेपाल फर्किनेको संख्या बढेको हो ।

सीमानाकामै उनीहरुको स्वास्थ्य चेकजाचपछि मात्रै नेपाल प्रवेश दिइएको गड्डाचौकी हेल्थ डेस्ककी प्रमुख प्रिती बोहराले बताउँछन् ।

विदेशबाट आएकालाई गड्डाचौकी सीमानाकामा कोरोना भाइरसको परीक्षण गराएर खोप नलगाएकालाई सीमानाकामै खोप दिइनुका साथै ओमित्क्रोनको बारेमा समेत जानकारी प्रदान गरिने सीमानाकामा खटिएका स्वास्थ्यकर्मी बताउछन् ।

भारतबाट आउदा वनवसादेखि गड्डाचौकी हुदै महेन्द्रनगरसम्मको भाडा २ सय रुपैयाँ रहेको छ । तर, अहिले यात्रुहरुलाई गड्डाचौकीसम्म छोडेर पूरा भाडा असुलिरहेको र यात्रुको समानको समेत चर्को शूल्क लिने गरेको भारतबाट नेपाल फर्कने यात्रुहरुको गुनासो छ ।

स्वदेश फर्किदा सीमानाकामा आफ्नो स्वास्थ्य चेकजाच र खोप लगाउन पाउदा खुसी लागेको भारतबाट फर्किरहेका नेपाली नागरिकहरु बताउँछन् ।

पछिल्लो समय भारतबाट गड्डाचौकी सीमानाका हुदै दैनिक ७ सय जना नेपाली स्वदेश फर्कने गरेका छन् ।

विगत एक साताको रिपोर्ट नियाल्ने हो भने गड्डाचौकी सीामानाकामै ३ जनामा कोरोना देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here