भारतमा ओमिक्रोनबाट संक्रमितको संख्या ७८१, २१ राज्यमा फैलियो

१५ पुस, नयाँ दिल्ली  । भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ।

भारतको २१ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको समाचार आजतकमा छ।

frontline

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै २३८ जनामा ओमिक्रोन पुष्टि भएको छ। यस्तै महाराष्ट्रमा १६७ जनामा यो भाइरसको संक्रमण देखिएको छ।

हालसम्म दिल्लीमा २३८, महाराष्ट्रमा १६७, गुजरातमा ७३, केरलामा ६५ जनासहित ७८१ जनामा ओमिक्रोन संक्रमण देखिएको हो।

ओमिक्रोनसँगै कोरोना भाइरस संक्रमण पनि तीव्ररुपमा फैलिरहेको छ। तेलंगानाको चैतन्य क्याम्पसका २५ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सो क्याम्पसका २६२ जना विद्यार्थीको कोरोना परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको हो।

सुरुमा क्रिसमसको बिदापछि क्याम्पस आएका एक विद्यार्थीमा लक्षण देखिएको थियो। परीक्षण गराउँदा अन्य विद्यार्थीमा समेत संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here