भारतमा एकै दिन १६ हजार बढीमा काेराेना, संक्रमण दर उकालो लाग्ने क्रम तीब्र

२४ साउन, काठमाडौं । भारतमा एकै दिन १६ हजार भन्दा बढी मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा ४१ जनाको मृत्यु भएको भारतको स्वास्य मन्त्रालयले जनाएकाे छ । याेसँगै कोरोना सुरु भएदेखि हालसम्म ५ लाख २६ हजार ७ सय ३० मानिसको मृत्यु भइसकेको छ ।

frontline

भारतमा साेमबार १५ हजार ५ सय ४९ जना कोरोना संक्रमित काेराेना मुक्त भएका छन् । यसैसँगै कुल ४ करोड ३४ लाख ९९ हजार ६ सय ५९ जना मानिस कोरोना मुक्त भएका छन् ।

भारतको स्वास्य मन्त्रालयले दिएको जानकारी अनुसार दैनिक १६ हजारको दरले कोरोना संक्रमित थपिने गरेको जनाएकाे छ। भारतको राजधानी नयाँ दिल्ली, राजस्थान र केरेलामा काेरोना संक्रमण दर तीब्र रुपमा बढेकाे छ ।

भारतमा हाल कुल कोरोना सक्रमितको संख्या ४ करोड ४१ लाख ६१ हजार ८ सय ९९ पुगेको छ । भारतमा दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेका मानिसको संख्या १ लाख ३६ हजार ५ सय १० जना रहेकाे छ ।

भारतमा संक्रमित हुने भन्दा पनि संक्रमणमुक्त हुने मानिसको संख्या बढी रहेकाे भारतको स्वास्य मन्त्रालयले जनाएकाे छ ।भारतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम तीब्र रुपमा बढेकाे देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here