भारतको सुरतमा रसायन उद्योगबाट विषाक्त ग्यास चुहावट हुँदा ६ मजदुरको मृत्यु
२२ पुस, गुजरात । भारतको गुजरातस्थित सुरतमा रसायन उद्योगबाट विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ ।
बिहीबार बिहानै सो उद्योगबाट ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको हो ।
ग्यास चुहावटका कारण अन्य २० भन्दा बढी मानिस बिरामी परेका छन् । बिरामीहरुको नजिकैको सुरत सिभिल अस्पतालमा उपचार भइरहेको भारतीय मिडियामा खबर छ ।
इन्डियन एक्सप्रेसकाअनुसार बिहीबार बिहान सचिन औद्योगिक क्षेत्रमा रसायन ट्यांकरबाट विषाक्त ग्यास चुहिएको थियो ।
सो ग्यास चुहावटपछि सो क्षेत्रमा कार्यरत मजदुरहरुको निस्सासिएर मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्