भारतको चिफ अफ डिफेन्स स्टाफ विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु

२२ मंसिर, नयाँ दिल्ली । भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ।

रावतसहित उनकी श्रीमती मधुलिका रावतको पनि निधन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन्।

frontline

उनले ट्वीट गर्दै हेलिकोपुटर दुर्घटनामा विपीन रावत, उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन्। 

रावत सवार हेलिकोप्टर आज तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको थियो। भारतीय वायु सेनाको एमआइ-१७भी५ को डबल इन्जिन रहेको हेलिकोप्टर दुर्घटना भएको थियो। यसबारे सरकारले आधिकारी धारणा सार्वजनिक गरेको छैन। 

सरकारले रावतलाई १ जनवरी २०२० मा पहिलो चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरेको थियो। वायु सेनाले दुर्घटनाको अनुसन्धान गर्न नर्देशन दिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here