भारतको आसाम र मेघालयमा बाढीमा परेर ३२ जनाको मृत्यु

५ असार, नयादिल्ली । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।

आसाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर-पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

frontline

आसामको विपद् व्यवस्थापन विभागका अनुसार आसाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ । आसाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ ।

यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ ।

यी जिल्लाहरूमा शनिबार रातिसम्म पनि वर्षा जारी रहेको बताइएको छ । यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here