भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त

७ चैत, काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

frontline

मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शर्माको एग्रिमो नयाँ दिल्लीले चैत २ मा पठाएको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ११ गते शर्मासहित तीन देशका लागि राजदूत सिफारिस गरेको थियो ।

अमेरिका र बेलायतबाट एग्रिमो आइसकेर ती दुवै देशमा नेपाली राजदूतहरुले कार्यभार सम्हालिसकेका छन् ।

अमेरिका र बेलायतका लागि क्रमशः श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here