भारतका दुई शैक्षिक संस्था नेपाल फार्मेसी काउन्सिलको कालोसूचीमा
१८ मंसिर, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले भारतका दुईवटा शैक्षिक संस्थालाई कालो सूचीमा राखेको छ ।
कालो सूचीमा पर्नेमा भारतको हिमाचल प्रदेशमा रहेको आईसी युनिभर्सिटी र ओडिसामा रहेको गजपति कलेज आफ फार्मेसी छन् ।
काउन्सिलको निरीक्षण प्रतिवेदनका आधारमा ती कलेजहरुलाई कालो सूचीमा राखिएको र आगामी दिनमा ती कालेजको शैक्षिक योग्यतालाई मान्यता नदिइने पनि काउन्सिलले जनाएको छ ।
त्यस्तै, सीटीईभीटीअन्तर्गतका तीनवटा नेपाली कलेजले पनि निरीक्षण प्रतिवेदन नबुझाएको भन्दै काउन्सिलले यथाशीघ्र कागजपत्र बुझाउन निर्देशन दिएको छ ।
प्रतिवेदन नबुझाउनेमा सहिद स्मारक जनस्वास्थ्य कलेज काठमाडौं, मोडेल कलेज अफ टेक एजुकेसन, वीरगञ्ज र चितवन मेडिकल कलेज छन् ।
प्रतिवेदन नबुझाए ती कलेजहरुबाट अध्ययन गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल नगराइने पनि काउन्सिलले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्