भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति

२५ माघ, काठमाडौं । भारतका गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । भारतकै रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई उछिनेर अडानी एसियाकै धनाढ्य व्यक्ति बनेका हुन् ।

ब्लुमबर्गको विलयनेर्स इन्डेक्सको सूचीका अनुसार गौतम अडानीको कूल सम्पत्ति ८८.५ अर्ब डलर र अम्बानीको कूल सम्पत्ति ८७.९ अर्ब डलर छ ।

frontline

हालै अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको साउदी अरबको तेल कम्पनी अरामकोसँग करार टुटेको थियो ।

त्यसपछि सेयर बजारमा अम्बानीको कम्पनीको सेयरमा तीव्र गिरावट आएको थियो । अर्कोतर्फ अडानी कम्पनीको सेयरमा उछाल आएपछि गौतम अडानीलाई एसियाकै सबैभन्दा धनी व्यक्ति बन्ने सफलता मिलेको ब्लुम्बर्गले जनाएको छ ।

अडानीको सम्पत्ति डेढ वर्षको अवधिमा ५५ बिलियन डलरले र अम्बानीको सम्पत्ति १४.३ बिलियन डलरले वृद्धि भएको समाचारमा उल्लेख छ । ५९ वर्षीय गौतमको खानी, हरित ऊर्जालगायत क्षेत्रमा लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here