भाजपा नेता चौथाइवालेको प्रचण्डसँग भेट

श्रोत : ईन्टरनेट

सोमबार, काठमाण्डु । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् ।

आइतबार काठमाण्डु आएका विदेश विभाग प्रमुख चौथाइवालेले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका हुन् ।

frontline

उनले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनीहरुबीच नेपाल–भारत सम्बन्ध र पार्टी-पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल भएको प्रचण्डकाे स्वकिय सचिव गंगा दाहालले जानकारी दिइन् ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।

साथै उनले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नवगठित लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा)का अध्यक्ष  ठाकुरसँग भेटवार्ता गरेका थिए ।

नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएपछि काठमाण्डु आएका उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।चौथाइवाले हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

भेटमा उनले प्रधानमन्त्री देमहन्थउवालाई कार्यकालको सफलताको शुभकामना दिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए ।

दुवैबीच भेटमा नेपाल–भारतको हित र अन्तरपार्टी सम्बन्धबारे समेत कुराकानी भएको थियो ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय संस्थापन पक्षबाट भेट गर्न आउने उनी उच्च तहका नेता हुन् । उनलाई भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here