भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी

श्रोत : ईन्टरनेट

शनिबार, भरतपुर । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ ।

आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

frontline

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो ।

त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको शर्माले जानकारी दिए ।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए । क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here