भरतपुरमा ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
चितवन । भरतपुरमा ज्यान मार्ने उधोग मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ लालचोक बस्ने ३५ बर्षिय सन्तोष सन्तलाल तामाङलाई प्रहरीले हिजो बेलुका ७ बजे पक्राउ गरेको हो ।
गत पुस १६ गते भरतपुर महानगरपालिका वडा नम्बर १६ भँगेरीथानका ३९ बर्षिय दुर्गा कुमाललाई भँगेरीथान स्थित बाटोमा हिडिरहेको अवस्थामा चक्कुले टाउकोमा प्रहार गरी घाईते बनाई फरार रहेका तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तामाङलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्