भक्तपुरमा ४० हजार बढीले लगाए भेरोसेलको दोस्रो मात्रा

काठमाडौं । भक्तपुरका ४० हजार ६६१ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ४ नपामा जारी खोप कार्यक्रमअन्तर्गत हालसम्म उक्त संख्याले भेरोसेलको दोस्रो मात्रा लगाएका हुन् ।

जसअनुसार सूर्यविनायक नपाका १२ हजार ४४५ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।उनका अनुसार मध्यपुर थिमि नपाले ११ हजार ३१५ जनालाई दोस्रो मात्रा दिँदा भक्तपुर नपाले ९ हजार ९५२ जनालाई दिएको छ ।

frontline

चाँगुनारायण नपाले भने ६ हजार ९४९ जनालाई खोप दिइसकेको उनको भनाइ छ । प्रमुख मिजारले अझै भक्तपुरका ३ हजार ६४२ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको बताए ।

‘भक्तपुरका ४४ हजार ३०३ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए’, उनले भने, ‘यस आधारमा ३ हजार ६४२ जनाले दोस्राृ खोप लगाउन बाँकी छ ।’अहिले भक्तपुरका ४ नपामध्ये ३ वटा नपामा दोस्रो मात्राको खोप दिने कार्य भइरहेको छ । सूर्यविनायक नपाले खोप अभियान कार्यक्रम टुंग्याएको स्वास्थ्य कार्यालयले जनाएको छ । उसले जेठ ४ गतेदेखि दोस्रो मात्रा दिने खोप कार्यक्रम अघि बढाएको थियो ।

त्यस्तै मध्यपुर थिमि नपाले जेठ २, चाँगुनारायण नपाले जेठ ५ र भक्तपुर नपाले जेठ ६ गतेदेखि खोप कार्यक्रम अघि बढाएका थिए । भक्तपुरमा गएको वर्षको चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाउने खोप कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा १८ वर्षमाथिका जिल्लावासीलाई खोप दिइएको थियो ।

भक्तपुरमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ८३ जना पुगेका छन् । जसमध्ये एकहजार ९१८ पुरुष र एकहजार ६७९ महिला गरी ३ हजार ५९७ जना सक्रिय संक्रमित रहेका छन् ।स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका २४५ जना संक्रमितको मृत्यु भएको छ । जसमा १६२ जना पुरुष र ८३ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here