भक्तपुरको गाईजात्राऔपचारिकतामा सीमित

काठमाडौं । भक्तपुरमा यो वर्षको गाईजात्रा पर्व औपचारिकतामा सीमित गरी मनाइने भएको छ ।

कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखेर यो वर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय भक्तपुर नगरपालिकाले गरेको हो ।

frontline

नगरपालिकाले संक्रमणको जोखिम कायमै रहेको भन्दै घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न सबैमा अनुरोध समेत गरेको छ ।

सबै वडाका सांस्कृतिक गुरु एवम् सांस्कृतिक प्रतिनिधिहरु र जनप्रतिनिधिहरुसहितको शुक्रबारको बैठकले गाईजात्रा पर्वको दिन ताहा साँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

‘बढी भीड जम्मा हुने जात्रा, पर्वहरूले संक्रमण फैलिने खतरा रहन्छ,’ उनले भने, ‘कोभिडलाई हेलचेक्र्याइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्छ ।’

बैठकमा जात्रासँग सम्बन्धित सांस्कृतिक गुरु तथा सांस्कृतिक समूहका प्रतिनिधिहरूले कोरोना संक्रमणको जोखिम यथावत रहेको हुँदा यस वर्षको गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाई र क्लोरिन छर्कनुपर्ने, भीड जम्मा हुने खालका कुनै किसिमको सांस्कृतिक प्रदर्शनीमा रोक लगाउनुपर्ने, कोभिडबारे जनतालाई सचेत पार्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयम्सेवकहरू परिचालन गर्नुपर्नेलगायतका राय-सुझावहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here