बैदेशिक रोजगारी : युवाहरुले खोप लगाउन नपाएकोमा राजधानीमा प्रदर्शन

काठमाडौं । बैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना खोप लगाउन नपाएको भन्दै आज राजधानीमा प्रदर्शन गरेका छन् । विहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रर्दशन गरेका हुन् ।

रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरेका छन् । भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरु घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुदै सडकमा निस्किएका हुन ।

frontline

महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा हिजो राती ९ बजेदेखि लाइनमा बसेका उनीहरुलाई आज बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि उनीहरु सरकार विरुद्ध नारा लगाउँदै माइतीघर मण्डला पुगेका थिए ।

वैदेशिक रोजगारीमा जानेहरुलाई खोप उपलब्ध गराउन सरकारले चरम बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भने पनि खोपको मनपरी वितरणका कारण लक्षित वर्गमा खोप पुग्न नसकेको पाइएको छ ।

सोही खोप लगाउन हप्तौंदेखि कुरेको तर अन्तिममा खोप सकिएको भनेर आफूहरुलाई निराश बनाएको गुनासो पनि युवाहरुले गरेका छन् ।

उता, खोप कार्यक्रमकमा प्रमुख डा झलक शर्माले हामीसंगको कुराकानीमा जोन्सन एण्ड जोन्सन खोपको मौज्दात सकिएको र थप खोप कहिले आउने भन्ने कुनै टुंगो नभएको जानकारी दिनुभयो ।

सरकारले खोपको ब्यवस्थित वितरण गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने हजारौं युवा अलपत्र पर्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here