बैतडीमा भीरबाट लडेर १७ वर्षीय किशोरको मृत्यु
२९ असार, बैतडी । बैतडीमा भीरबाट लडेर १७ वर्षीय किशोरको मृत्यु भएको छ।
जिल्लाको दशरथचन्द नगरपालिका- २ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहराको स्थानीय छत्यौडा भन्ने भीरबाट लडेर मृत्यु भएको हो।
बाख्रा चराउन गएका बेला भीरबाट लडेका बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए।
बोहरा निङ्लाशैनी मावि देहिमाण्डौमा कक्षा १२ मा अध्ययनरत थिए।
प्रतिक्रिया दिनुहोस्