बैतडीका शिक्षक बिष्टको हत्या आरोपमा दुईजना पक्राउ

७ पुस, बैतडी । गत शनिबार बैतडीको पाटनमा मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्या आरोपमा प्ररहीले दुई जनालाई पक्राउ गरेको छ।  

सुर्नया गाउँपालिका –२ ग्वानी घर भएका पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका शिक्षक विष्टको हत्या गरेको आरोपमा प्रहरीले कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्यय गरिरहेकी पुर्चौडी नगरपालिकाकी बिमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको हो। 
 
जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी प्रेम शाहीले बताए।
 
कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुको हत्यामा संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। 
 
शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए। छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसँगै बसेर पढ्दै आएकी थिइन्। घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही विषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ। यद्यपि यस विषयमा पूर्ण विवरण आउन बाँकी छ। 
 
शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए। बिष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन भइरहेको छ। आन्दोलनले यातायात र सो क्षेत्रका विद्यालयको पढाइ प्रभावित बनेको छ। 
 
मृतकका परिवारले विष्टको शव अझैसम्म पनि बुझेका छैनन्।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here