बैंकको प्राविधिक त्रुटीले ७५ हजार जनाको खातामा रकम जम्मा

२० पुस,बेलायत । बेलायतको एक बैंकको प्राविधिक त्रुटीले ७५ हजार जनाको खातामा रकम जम्मा भएको छ। 

द न्युयोर्क टाइम्सका अनुसार स्यानट्यान्डर युके बैंकबाट १७ करोड ५० लाख अमेरिकी डलर (२० अर्ब  ७४ करोड रुपैयाँ) ७५ हजार जनाको खातामा जम्मा भएको थियो। गत क्रिसमसका बेला झुक्किएर रकम विभिन्न व्यक्तिको खातामा पुगेको हो।

frontline

प्राविधिक गल्तीले गर्दा ७५ हजार जनाको खातामा त्यसरी रकम जम्मा भएपछि अहिले बैंकले आफ्नो पैसा फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। बैंकबाट आफ्नै ग्राहकलाई मात्रै  होइन अरू बैंकका ग्राहकको खातामा पनि पैसा जम्मा भएको थियो। 

त्यसैले स्यानट्यान्डरले अरू बैंकसँग पनि आफ्नो पैसा फिर्ता लिन सहयोग मागिरहेको छ। बारक्लेज, एचएसबिसी र भर्जिन मनी लगायतका बैंकका ग्राहकको खातामा पनि रकम जम्मा भएको थियो। 

स्यानट्यान्डर युकेले आफ्नो पैसा फिर्ता लिने काम आफ्नै तरिकाले गरिरहेको बताएको छ। उक्त पैसा खर्चिइसकेका ग्राहकहरूलाई के गर्ने भन्नेबारे स्पष्ट धारणा बनाइसकेको छैन।

बैंकले आफ्ना ग्राहकहरूलाई सो रकम फिर्ता गर्न आग्रह गरेको छ।

स्यानट्यान्डर युके, ब्रिटिस आर्म अफ बान्को स्यानट्यान्डर अफ स्पेनको १ करोड ४४ लाख बढी ग्राहक छन्।

गत मेमा पनि बैंकको प्राविधिक त्रुटीले गर्दा बैकिङ सेवा केही घन्टा अवरूद्ध भएको थियो। त्यसपछि बैंकले माफीसमेत मागेको थियो। 

यसरी बैंकको त्रुटीका कारण ग्राहकको खाता भरिने घटना कहिलेकाहीँ मात्रै हुन्छ। तर यसरी पाएको पैसा ग्राहकले खर्चिँदा भने महंगो पर्न सक्छ। 

सन् २००८ मा फेब्रुअरीमा ब्याकबर्न-इंग्ल्यान्डका दुई दिदीबहिनीलाई करिब १३५ हजार पाउन्ड रकम खर्चेको कसुरमा थुनामा राखिएको थियो। जुन संयोगवश उनीहरूको खातामा जम्मा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here