बेलायती प्रधानमन्त्रीकी सल्लाहकार एलेग्रा स्ट्राटोनले दिइन् राजीनामा
२४ मंसिर, लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनकी सल्लाहकार एलेग्रा स्ट्राटोनले राजीनामा दिएकी छन् ।
प्रधानमन्त्री बोरिसले लकडाउनको समयमा पार्टी आयोजना गरेको एक भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना बढेपछि राजीनामा दिएकी हुन् ।
जलवायु सम्मेलन कोप २६ मा बेलायत सरकारकी प्रवक्ता समेत रहेकी उनले बुधबार राजीनामा दिएको बताइएको छ ।
संसारभर कोरोना महामारीले विकराल रुप लिइरहँदा बेलायतका प्रधानमन्त्री जोन्सनसहित उनका सहकर्मी र सहपाठीहरुले गतवर्ष क्रिस्मसमा पार्टी मनाएको एक भिडियो फुटेज सार्वजनिक भएको थियो ।
डाउनिङ स्ट्रिटमा आयोजित सो पार्टीमा उपस्थितहरुले हँसी मजाक गरिरहेका थिए भने कतिपय वाइन र खानपानमा व्यस्त देखिन्थे ।
सो भिडियो सम्बन्धमा प्रधानमन्त्री बोरिसले बुधबार आममाफी मागिसकेका छन् ।
उनकी सल्लाहकार स्ट्राटनले भने माफीको सट्टा राजीनामा दिएको बताएकी छन्। आफूले दिएको राजीनामा नै सबैभन्दा ठूलो माफी हुने उनले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्