बेलायतमा पछिल्ला केही हप्तामा सङ्क्रमण तीव्र, पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

बिहीवार, बेलायत । कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्र रुपमा बढ्न थालेको छ ।

यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।

frontline

यहाँ गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिख पछिकै सबैभन्दा धेरै हो ।

उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन् ।

बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।

यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ ।

यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ । कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ ।

यहाँ सङ्क्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

यो समेत गरी अहिलेसम्म यहाँ यो सङ्क्रमणबाट ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

बेलायत सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here