बेलायतमा तीव्ररुपमा फैलिदै ओमिक्रोन

१ पौष, बेलायत । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। यहाँ हालसम्म करिब ५ हजार जनामा संक्रमण देखिएको छ। संक्रमित १० जना अस्पताल भर्ना भएका छन्।

बेलायतका स्वास्थ्यमन्त्रीले मंगलबार ओमिक्रोन भेरियन्ट तीव्ररुपमा फैलिरहेको भन्दै स्वास्थ्य प्रणाली नै ध्वस्त हुनसक्ने बताएका थिए।

frontline

यो अवस्था आउन नदिन उनले भाइरस प्रतिबन्धलाई थप कडाइ गर्ने र बुस्टर भ्याक्सिनलाई तीव्रता दिनुपर्ने बताएका थिए।

बेलायतमा पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट ५९ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ। कोरोनाबाट १५० जनाले ज्यान गुमाएका छन्। समाचारमा जनाइएअनुसार यहाँ हरेक दिनजसो ८११ जना अस्पताल भर्ना भइरहेका छन्।

हाल बेलायतको अस्पतालमा ७ हजार ४०० जना भर्ना भएका छन्। जुन जनवरीको तुलनमा कम हो। त्यतिबेला ३९ हजार मानिस अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here