बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या

२३ भदौ, काठमाडौं । बेलायतकी महारानी एलिजावेथको स्वास्थ्यमा समस्या देखिएको छ ।

बकिङ्हम प्यालेसले बिहीबार दिउँसो एउटा वक्तव्य जारी गर्दै उहाँलाई चिकित्सकको निगरानीमा राखेको बिबिसीले उल्लेख गरेको छ ।

frontline

९६ वर्षीया महारानीको स्वास्थ्य अवस्था स्थिर र सहज रहेको बताइएको छ । उहाँलाई अहिले स्कटल्यान्डमा रहेको बारमोरल क्यासलमा राखिएको छ ।

नवनियुक्त प्रधानमन्त्री लिज ट्रसलाई उहाँले त्यहीँ सपथ गराउनुभएको थियो । बुधबारका लागि आयोजना गरिएको एउटा भर्चुअल बैठकमा महारानी अनुपस्थित भएपछि उहाँको स्वास्थ्यबारे चर्चा भएको थियो ।

प्रधानमन्त्री ट्रसले बिहीबार ट्विट गर्दै बहिङ्गम दरबारबाट महारानीका बारेमा आएको समाचारमा सम्पूर्ण मुलुक नै चिन्तित भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here