बेलबारीभित्र आर्थिक अबस्था कमजोर भएका एक सय एक परिवारले पाए नयाँ घर

मोरङको बेलबारी नगरपालिकाले असहाय, एकल, दलित तथा पिछडिएका समुदायका परिवारलाई नयाँ घर बनाइदिएको छ । बेलबारी नगरपालिका, सहारा नेपाल र ह्याबिटेड नेपालको सहकार्यमा नगरपालिकाले एक सय एक परिवारलाई नयाँ घरहरु निर्माण गरेको हो । अर्थिक अबस्था कमजोर भएका नगरभित्र बस्ने नागरिकलाई नगरपालिकाले निःशुल्क घर बनाइदिएको हो । नगरपालिकाको वडा नम्बर ३ मा ४०, वडा नम्बर ४ मा २०, वडा नम्बर ११ मा ४० र वडा नम्बर १० मा एक गरी जम्मा एक सय एकवटा घर निर्माण भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नगरपालिकाले नयाँ घर निर्माण गरिदिएपछि लाभग्राहीहरू हर्षित भएका छन् । प्रत्येक घरमा बरन्डा सहित तीनवटा कोठा छन् । घरको छाना टिनले छाइएको छ । नगरपालिकाको प्रतिघर निर्माणमा एक लाख ५० हजार तथा सहारा नेपाल र ह्याबिटेड नेपालको एक लाख गरी जम्मा दुई लाख ५० हजार रुपैयाँ खर्च भएको नगर प्रमुख सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here