बेलबारीको भौगोलिक नक्शांकन डिजिटल प्रणालीमा तयार हुने
मोरङ्गको बेलबारी नगरपालिकाले ड्रोन सर्वेक्षणद्धारा बेलबारी नगरपालिकाको भौगोलिक नक्शांकन डिजिटल प्रणालीमा तयार गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷७८ को बार्षिक कार्ययोजना अन्तर्गत ड्रोन सर्वेक्षण गरिन लागेको हो । ड्रोन सर्वेक्षण डिजी निर्माण इन्जिनियरिङ्ग प्रा.ली.ले गर्न लागेको हो । यसका लागि बेलबारी नगरपालिका र डिजी निर्माण इन्जिनियरिङ्ग प्रा.ली. बिच सम्झौता भइसकेको छ ।
ड्रोन सर्वेक्षणको उद्घाटन गर्नुहुँदै नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले यसखालको डिजिटल प्रविधिको प्रयोग मार्फत गरिने सर्वेक्षणले नगरपालिकाको भौगोलिक नक्शांकन पुर्ण र प्रभावकारी हुने बताउनुभयो ।
बेलबारी नगरपालिका विभिन्न खालका प्रविधियुक्त परियोजनाहरु सहितका कार्यसम्पादनका कारण पनि पुर्वकै नमुना नगरपालिका बन्न उद्धत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्