बेपत्ता दुई बालिकाको शव फेला

प्युठान । प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ ।

बगाएको ठाउँबाट करिब ४० किलोमिटर तल सरूमारानी गाउँपालिका–१ मा ७ वर्षीया सर्मिला थापाको शव र आठ वर्षीया बिपना थापाको शव ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालिकामा फेला परेको हो ।

frontline

बाख्रा चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा उनीहरुको शव पाँच दिनपछि भेटिएको हो ।

शव आफन्तको जिम्मा लगाइएको प्युठान जिल्ला प्रहरी कार्यलयका प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिनु भयो ।

साउन ४ गते अपरान्ह ३ बजे माडी नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here