बेपत्ता जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिइन्

४ चैत, काठमाडौं । बिहीबार साँझदेखि बेपत्ता बौद्ध, जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिएकी छन् ।
शुक्रबार अपरान्ह उनी प्रहरीको सम्पर्कमा आएको महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सुदिप गिरीले बताए ।




स्रोतका अनुसार उनलाई एकजना १५ वर्षीय बालकले घर पुर्याइदिन्छु भन्दै बिहीबार साँझ लगेका थिए ।
साथीहरुसँग होली खेल्न गएका वेला साँझ ५ बजेदेखि उनी हराएकी थिइन् ।
शेर्पा कहाँ गएकी थिइन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस्