बेनी-जोमसोम सडकका ३ ठाउँमा पहिरोका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

१० असोज, म्याग्दी । बेनी-जोमसोम सडक खण्डका ३ ठाउँमा बाढी र पहिरोका कारण यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

बेनी-जोमसोम सडकखण्डमा बाढी र पहिरोले सडक साघुँरो हुनुका साथै लेदोमाटो बग्ने भएका कारण यात्रु तथा सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो ।

frontline

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो साेही सडकखण्डमा सामान्य वर्षा हुना साथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र हिलाम्य हुने समस्या रहेकाे छ ।

जसका कारण कति बेला दुर्घटना हुने हो भन्ने त्रास भइरहने बेनीबाट खाद्यान्नका सामानहरु मुस्ताङ लैजाने तथा नियमित जसो याे सडकमा आवतजावत गरिरहने चालक श्याम रानाले बताउनुभयो ।

साेही सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुंगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डर लाग्दो रहेकाे अन्नपूर्ण गाउँपालिका-६ का कृष्ण बरुवालले बताउनुभयो ।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ-ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई समेत आवश्यक सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here